रौतहट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
मंगलबार गौर नगरपालिका- ३ स्थित बीपी चोकबाट रौतहटकै चन्द्रपुर नगरपालिका- ४ का २७ वर्षीय हर्कबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ईरिक्सामा सवार उनलाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट फेनारगन ११० पिस, डाईजापाम ४७ पिस, बुप्रेनुफिन ११० पिस र कोरलेक्स ६३ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
240
Shares

प्रतिक्रिया