समाज


सर्लाहीमा २ मोटरसाइकल दुर्घटना हुँदा १ युवक र १ वृद्धको मृत्यु, २ युवक घाइते

सर्लाहीमा २ मोटरसाइकल दुर्घटना हुँदा १ युवक र १ वृद्धको मृत्यु, २ युवक घाइते

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ८:२१, सर्लाही

सर्लाहीका दुई ठाउँमा भएका माेटरसाइकल दुर्घटनामा एक युवक र एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई युवक घाइते भएका छन्। 

ईश्वरपुर नगरपालिका- १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका- ५ पडरियामा माेटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो।  

पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका-७ पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको क्रममा गएराति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको हो। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ।

त्यसैगरि गएराति सर्लाहीको चक्रघट्ट गाउँपालिका-५ पडरियास्थित भित्री सडकखण्डमा भारतीय बीआर ३० ए जी ५०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय बरन बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट सोही ठाउँका २० वर्षीय दिपक मण्डल गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। 

दुई पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा चालक चक्रघट्ट-१ का २० वर्षीय कृष्ण यादव घाइते पनि भएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमको लागि अस्पतालमै छ। घाइते दुवै युवकको हाल प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad