समाज


सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार

मोटरसाइकल चढेर आएका २ जनाले नाम सोधेर गोली प्रहार गरेका थिए
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार

मृतक रामपुकार यादव


नेपालखबर
साउन ३१, २०८२ शनिबार ६:३, सर्लाही

सर्लाहीमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। 

शुक्रबार राति आठ बजेर २० मिनेट जाँदा हरिपूर्वा नगरपालिका- ६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईकाअनुसार आफ्नै घरमा छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अपरिचित व्यक्ति आएर यादवमाथि गोली प्रहार गरेका थिए।

मोटरसाइकल चढेर आएका दुई जनाले पेस्तोलबाट यादवको टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्। 

गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै आफन्तले नजिकै रहेको महोत्तरीको सोनामा गाउँपालिकाको पर्सास्थित जानकी हेल्थ केयर पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ स्वास्थ्यकर्मीले यादवको मृत्यु भइसकेको पुष्टि गरेका हुन्। 

घटनाको जानकारी पाउँनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफजुल्लाहाको कमाण्डमा चारजना, इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा १९ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको कमाण्डमा २१ जनाको संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेका थिए। 

गफ गरेर बसिरहेको ठाउँमा अकस्मात आइपुगेका दुई जना अपरिचित व्यक्तिले ‘ रामपुकार भनेको को हो?’ भनेर सोधेर गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्।। गोली प्रहार गरेपछि उनीहरु तत्कालै मोटरसाइकल चढेर भागेका थिए।  

यादव केही समयअघिसम्म शिक्षण पेसामा थिए। हिजो-आज भने उनी खेती किसानी गरेर घरमै बस्दै आएका थिए। उनलाई गोली प्रहार गर्नुका कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad