सप्तरीमा एक महिलाको बेवारिसे शव फेला परेको छ।
तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित कोसीको पश्चिमी सिँचाइ नहरको किनारमा महिलाको बेवारिसे शव फेला परेको हो।
सोमबार साँझ ६ बजेतिर फेला परेको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। शवको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
213
Shares

प्रतिक्रिया