समाज


मधेसमा आज सार्वजनिक बिदा

मधेसमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १०:२७, जनकपुरधाम

मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

बिहीबार मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा आज सावजनिक बिदा दिने उल्लेख छ। सूचनामा भनिएको छ, ‘मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना
अनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।’

मधेसका जिल्लामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। केन्द्र सरकारले भने आज मुस्लिम समुदायका कर्मचारीलाई मात्रै सार्वजनिक बिदा दिएको छ। अन्य प्रदेशका पनि कतिपय पालिकाले आज सार्वजनिक बिदा दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad