खेल


दोस्रो संस्करणको ईडब्लुभीएल आजदेखि

दोस्रो संस्करणको ईडब्लुभीएल आजदेखि

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १०:३९, काठमाडौँ

वात्सल्य एभेरेस्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ। 

लिगको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाज भिड्दैछन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा साविक उपविजेता ललितपुर क्विन्स र मधेश यूनाइटेड खेल्नेछन्। सो खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ। 

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

सिंगल राउण्ड रोविनमा हुने लिगमा धेरै अंक बनाएर शिर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्। उपाधि भिडन्त भदौ २८ गते हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad