राजनीति


विधान महाधिवेशनमा कर्ण थापाको फरक मत: विद्या भण्डारीलाई पार्टीको जिम्मेवारी दिऊँ

विधान महाधिवेशनमा कर्ण थापाको फरक मत: विद्या भण्डारीलाई पार्टीको जिम्मेवारी दिऊँ

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १०:४४, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पनि सचिवालय बैठकमा फरक मत दर्ता गराएका छन्। 

बिहीबार दिउँसो बसेको सचिवालय बैठकमा दर्ता गराएको उनको फरक मतबारे आज सुरु हुने एमाले विधान महाधिवेशनमा छलफल हुनेछ।

३२ पृष्ठको आफ्नो फरक मतमा उनले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यताका विषयमा पनि लामै कुरा लेखेका छन्। 

त्यसमा स्थायी कमिटी सदस्य थापाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको उल्लेख गर्दै पार्टीले नै अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र अभ्यासविपरीत मात्र नभएर लोकतन्त्रका विश्वव्यापी मान्यता र नेपालको संविधानकै प्रतिकूल रहेको जिकिर गरेका छन्। 

२०६२ साल असार १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको सदस्यता एक वर्षअघि नै नवीरकण भएको र उनी फेरि पार्टीको सदस्य भइसकेको भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरेको दाबी पनि थापाले आफ्नो फरक मतमा गरेका छन्। 

थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्। 

उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्ष भई सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गरिरहनुभएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन। प्रत्युत्पादक हुनसक्छ। यी सबै परिस्थितिको मूल्यांकन गरेर विधानबमोजिम नवीकरण भइसकेको सदस्यता स्वीकार गरी उहाँलाई ससम्मान पार्टीको जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो मत यस सम्मानित दोस्रो विधान महाधिवेशनसमक्ष स्वीकृतिका लागि प्रस्तुत गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad