समाज


चन्दा उठाएर प्रहरीको भवन निर्माणमा जुटे स्थानीय

चन्दा उठाएर प्रहरीको भवन निर्माणमा जुटे स्थानीय

नेपालखबर
भदौ २९, २०८२ आइतबार ८:१७, राैतहट

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको रौतहटको चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ। 

स्थानीयवासीले चन्दा संकलन गरेर प्रहरीको भवन निर्माणको अभियान अघि बढाएका हुन्। 

यही भदौ २४ गते आन्दोनलको क्रममा आगजनी हुँदा इलाका प्रहरी कार्यालय चन्द्रपुरकाे भवन जलेर नष्ट भएको छ। 

भवन निर्माणको लागि बेलायत बस्दै आएका युवाले सुरुमै ५१ हजार ६६५ रुपैयाँ संकलन गरेर पठाएका रौतहट बेलायत समाजका सदस्य सन्दीप मैनालीले जानकारी दिए। 

प्रहरी भवन निर्माणकाे लागि गच्छ्यअनुसार सहयाेग गर्न अभियन्ताले आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad