समाज


इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा तीन करोडको क्षति

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा तीन करोडको क्षति

नेपालखबर
चैत १४, २०८२ शनिबार २०:३, जनकपुरधाम

जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। 

शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको पसल सञ्चालिका दुर्गा गुप्ताले बताइन्। 

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले प्रारम्भिक अनुसन्धानमा विद्यूत सर्ट आगलागी भएको देखिएको बताए। आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको डीएसपी बमले बताए। 

सुरक्षाकर्मी र स्थानीय बासिन्दाको तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगो निभाउन जनकपुरधाम उपमहानगरपालिकाको बारुणयन्त्र प्रयोग गरिएको थियो। त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा पनि खटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad