कठमाडौँ उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती हटाइरहेको सरकारले अनामनगर क्षेत्रमा पनि डोजर चलाएको छ।
शनिबार बिहानदेखि अनामनगर क्षेत्रका बस्ती हटाउन थालिएको छ। चार वटा डोजर लगाएर घरटहरा भत्काइँदै छैन। यो क्षेत्रमा पक्की घर पनि भत्काइएका छन्।
सुरक्षाकर्मी परिचालन गरेर थापाथलीबाट सुकुमबासी बस्ती हटाउने सुरु गरिएको थियो। अहिलेसम्म नदी किनारका दर्जनभन्दा बढी बस्तीमा डोजर चलाएको छ।

सरकारले डोजर चलाएर घर भत्काएपछि दुई जनाले सुकुमबासीले आत्महत्या गरेका छन्। उनीहरू घर भत्काएपछि सहन नसकेर आत्महत्या गरेको परिवारजनले जनाएका छन्।
राजनीतिक दल र नागरिक स्तरमा विरोध हुँदै आएको छ। तैपनि सरकारले डोजर चलाउन छोडेको छैन।



















129
Shares

प्रतिक्रिया