समाज


महोत्तरीका चर्को मिटरब्याजी चौधरीको घरमा प्रहरीको छापा

महोत्तरीका चर्को मिटरब्याजी चौधरीको घरमा प्रहरीको छापा

शैलेन्द्र महतो
भदौ २६, २०७७ शुक्रबार ३:३८,

महोत्तरीका चर्को मिटरब्याजी विजय चौधरीको घरमा प्रहरीले छापा मारेको छ। औरही नगरपालिका–१, औरही बजारका मिटरब्याजी चौधरीको घरमा बिहीबार साँझ प्रहरीले खानतलासी गरेको हो।

स्थानीय दलित तथा विपन्न परिवारलाई प्रतिबजार चर्को ब्याजदरमा ऋण दिएर १० गुनासम्मको कपाली तमसुक बनाउने, समयमा ऋण नतिर्नेलाई कुटपिट तथा यातना दिने, श्रीमतीलाई उठाउने धम्की दिनेजस्ता गतिविधिले ऋणीहरू विस्थापित हुन थालेको समाचार बुधबार नेपालखबरसमा सार्वजनिक भएपछि प्रहरीले चौधरीको घरमा छापा मारेको हो।

नेपालखबरमा प्रकाशित समाचारका आधारमा चौधरीको घरमा खानतलासी गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर विष्टले जानकारी दिए।

‘नेपालखबरमा आएको समाचारका आधारमा हामीले उनको घरमा खानतलासी गर्यौं। तर कुनै कागजात फेला परेन,’ उनले भने ‘हामी विजय चौधरीको विषयमा थप अनुसन्धान गर्दैछौं।’

तीन वर्षयता चौधरीले स्थानीय गरिब तथा विपन्नलाई बाध्यात्मक अवस्थामा प्रतिबजार हजारका दरले ऋण दिने गरेका छन्। उनले दिने एक लाख रुपैयाँ ऋणको ब्याज चार दिन अर्थात् अर्काे बजारसम्म २ हजार १९ रुपैयाँ हुन्छ। यो हिसाबले महिनाको १७२ प्रतिशत ब्याज हुन्छ।

तमसुक बनाएर १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने कानुनी व्यवस्था छ। तर सुदखोर चौधरीले कानुनविपरीत चर्को ब्याजमा ऋण लागानी गरिरहेका छन्। समयमा ऋण फिर्ता नगर्नेलाई शौचालयमा थुनेर कुट्ने, श्रीमती उठाइदिने धम्की दिनेजस्ता क्रुरताले औरही बजारका चार घरपरिवार विस्थापित भएका छन् भने एक जनाको अकालमै मृत्युसमेत भएको छ।

याे पनिमिटरब्याजी चौधरीको आतंक: ऋणभन्दा १० गुना बढीको तमसुक, यातना र श्रीमती उठाउने धम्कीपछि गाउँले विस्थापित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .