ad ad

समाज


‘सन्दीपको स्वास्थ्यले साथ दिए आजै पुनरावेदन’

‘सन्दीपको स्वास्थ्यले साथ दिए आजै पुनरावेदन’

लाइपोमाको शल्यक्रियापछि सन्दीप लामिछाने


नेपालखबर
फागुन १०, २०८० बिहिबार ७:४९, काठमाडौँ

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेका कानुन व्यवसायीले सकेसम्म आजै (बिहीबार) उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराउने तयारी रहेको बताएका छन्। 

सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले सन्दीपको स्वास्थ्यले साथ दिए आजै पुनरावेदन गर्ने तयारी गरिएको जानकारी दिएका हुन्। 

‘सन्दीप हिजो मात्र अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, उनले बिहीबार बिहान भने, ‘तयारी त आजै पुनरावेदन गर्ने हो, अब हेरौँ सन्दीपको स्वास्थ्यले कत्तिको साथ दिन्छ?’

सन्दीपले काठमाडौँको सिल्भरलाइन हस्पिटलमा मंगलबार साँझ मात्र लाइपोमाको शल्यक्रिया गराएका छन्।

बुधबार डिस्चार्ज भएर उनी घरमै आराम गरिरहेका छन्। 

‘अहिले बिहान म सन्दीपसँग कुरा गर्छु, अदालतसम्म जान सक्ने अवस्था रहेछ भने आजै पुनरावेदन गर्ने तयारी छ’, अधिवक्ता घिमिरेले भने, ‘स्वास्थ्यले साथ दिएन भने केही दिनपछि गरिन्छ।’

बलात्कार मुद्दामा सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद तथा क्षतिपूर्तिसमेत गरेर ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। पुस ३ गने दोषी ठहरको फैसला गरेको जिल्ला अदालतले पुस २५ गते सजाय निर्धारण गरेको थियो। 

यस्तो छ ७६ पृष्ठको फैसला : गौशाला-२६ सँग प्रेम सम्बन्ध थिएन, पहिलो भेटमै सन्दीपले करणी गरे

सन्दीपका कानुन व्यवसायीले भने जिल्ला अदालत काठमाडौँको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न लागेका हुन्। 

फैसलाको पूर्णपाठ सार्वजनिक भएको ७० दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ। फैसलाको पूर्णपाठ गत माघ १२ गते सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .