समाज


लैंगिक हिंसा आफ्नै व्यवहारबाट हटाउन खेलकुदमन्त्री गुप्ताको आह्वान

लैंगिक हिंसा आफ्नै व्यवहारबाट हटाउन खेलकुदमन्त्री गुप्ताको आह्वान

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १३:१५, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नै व्यवहारमा लागु नगरेसम्म लैंगिक हिंसा हट्न नसक्ने बताएका छन्।

बिहीबार खेलकुदमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले लैंगिक हिंसाबारे चर्चा गरेका हुन्। 

उनले लैंगिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताए।

लैंगिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो जीवनमै समानताको व्यवहार सुरु गर्न जरुरी रहेको मन्त्री गुप्ताले बताए। 

बोलेर हिँड्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गरिनुपर्ने सुझाव उनले दिए। 

‘लैंगिक हिंसाको कुराकानी जुन गरिरहेका छौँ, हिंसा हुन नदिन हामीले हाम्रो व्यवहारमा कतिको लागु गरिरहेका छौँ, त्यसमा निर्भर रहन्छ’, उनले भने, ‘हामीले हाम्रो जीवन र व्यवहारमा अपनाउने हो भने हिंसा हुँदैन। हामीले आफ्नो व्यवहारमा लागु नगरेकै कारण लैंगिक हिंसा नहटेको हो। बोलेर मात्रै छाड्ने कुराले यो लागु हुँदैन। विभेदको कुरामा कसरी काम गर्न सक्छौँ, त्यो हामी गर्नेछौँ। बजेट पनि छुट्याइएको रहेछ, त्यसमा हामी लाग्नेछौँ।’

 मन्त्री गुप्ताले विभेद अन्त्य गर्न सरकारले बजेट छुट्याएको र त्यसअन्तर्गत कार्यक्रम बनाएर आफू अघि बढ्ने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad