समाज


५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृत भेटिए

घटनाको अनुसन्धान सुरु भएको छ: एसपी
५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ११:१६, कञ्चनपुर

कञ्चनपुरमा पतिपत्नी मृत अवस्थामा फेला परेका छन्। पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा उनीहरु मृत भेटिएका हुन्।

 जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी श्रीमती ६६ वर्षीया गंगादेवी भुल मृत भेटिएका हुन्। 

उनीहरु यही वैशाख ११ गतेदेखि बेपत्ता थिए। पारिवारिक विवादपछि उनीहरु घरबाट ससुराली जान भनि हिँडेका थिए।

तर उनीहरु ससुराली पनि नपुगेपछि दोस्रो दिन आफन्तले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा निवेदन दिएका थिए। 

सोमबार साँझ सामुदायिक वनको बीचमा दुवैजना दोपट्टाले अलग अलग रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ। घटनाको अनुसन्धान भइरहेको एसपी जोशीकाे भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad