समाज


बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

नेपालखबर
साउन ८, २०८२ बिहिबार ११:५, कञ्चनपुर

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

बिहीबार बिहान हिमाली गाउँपालिका- ५ मा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर हिमाली गाउँपालिका- ५ का ७५ वर्षीया बाचा रोकाया र सोही ठाउँका ७५ वर्षीय बिजौरा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु १५ जना घाइते भएका छन्।

स्थानीय क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। 

बिहान ९ बजे स्थानीयले टेलिफोन गरेर दुर्घटनाको जानकारी दिएका प्रहरीले जनाएको छ।

खबर पाएपछि अस्थायी प्रहरी चौकी क्वाडी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोली घटनास्थलतर्फ हिँडेको छ। 

अस्थायी प्रहरी चौकी क्वाडीबाट घटनास्थल पुग्न करिब चार घण्टा समय लाग्छ। अझै प्रहरी टोली घटनास्थलमा पुगेको छैन।

‘टेलिफोन गरेर स्थानीयले दुर्घटनाको जानकारी दिएका हुन्। हाम्रो टोली अब त्यहाँ पुग्दैछ,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘दुई जनाको मृत्यु भएको जानकारी छ। पूर्ण विवरण टोली पुगेपछि आउँछ।’

स्थानीयले टेलिफोनमा टिपाएको विवरणअनुसार क्वाडीबाट किउडीतर्फ गइरहेको बा.प्र०३००१ज०३३८ नम्बरको जिप भित्री कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad