समाज


स्यालले टोक्दा ३ जना घाइते

स्यालले टोक्दा ३ जना घाइते

नेपालखबर
साउन २६, २०८२ सोमबार १३:३८, दार्चुला

दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन्। 

स्यालले टोक्दा व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन्।

घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामिण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलङ्गा ल्याइएको थियो।

 जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए।

आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरुलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad