समाज


पहिरोले महाकाली राजमार्ग पुनः अबरुद्ध, यात्रु अलपत्र

पहिरोले महाकाली राजमार्ग पुनः अबरुद्ध, यात्रु अलपत्र

नेपालखबर
भदौ ७, २०८२ शनिबार ६:१०, दार्चुला

पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। यो राजमार्ग अन्तर्गत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा  पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ।

जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको हो।

पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएको छैन। 

वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जीपलाई निकाल्न समस्या भएको रावतले बताए। सडक विभागको उपकरणले पहिरो नजिक छन्। वर्षा नरोकिएपछि काठमाडौँ र महेन्दनगरबाट आएका बस पनेवाजमा रोकिएका छन्। 

जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन्। उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ। यसका कारणले यात्रुले सास्तीभोग्न बाध्य भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad