ad ad

खेल


साफ च्याम्पियनसिप फाइनल: नेपाल भर्सेस भारत(लाइभ)

साफ च्याम्पियनसिप फाइनल: नेपाल भर्सेस भारत(लाइभ)

नेपालखबर
असोज ३०, २०७८ शनिबार २०:५६, काठमाडौँ

साफ फुटबल च्याम्पियन्ससिपको फाइनलमा अहिले नेपाल र भारतबीच माल्दिभ्समा फाइनल खेल चलिरहेको छ। 

नेपाल पहिलोपल्ट साफको फाइनल खेलिरहेको छ। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगेपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन। 

सन् २०१८ मा भएको साफको सेमिफाइनमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन।

साफमा भारत सर्वाधिक सफल टोली हो। भारतले हालसम्म ७ पटक साफको उपाधि जितिसकेको छ। माल्दिभ्सले दुई, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि जितेका छन्। 

साफ च्याम्पियनसिपमा नेपाल र भारत हालसम्म ७ पटक आमने सामने भएका छन्। ६ पल्ट नतिजा भारतको पक्षमा हुँदा २०१३ को साफमा भने नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। 

समग्रमा नेपाल र भारतबीच अहिलेसम्म २२ खेल भएको छ। जसमा भारतले १५ खेलमा जित जित्दा नेपालले २ खेलमा मात्रै जितेको छ। नेपालले भारतलाई सन् २०१३ को साफ र १९९३ को बगंलादेशको ढाकामा भएको प्रतियोगितामा हराएको थियो।  यी दुई टोलबीचका ५ खेल भने बराबरीमा सकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .