ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ।
शनिबार पोखरा रगंशालामा भएको खेलमा बीबीसीलाई १–० गोलअन्तरले हराउँदै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायमै राखेको हो।
मनाङको जितमा कप्तान अञ्जन विष्ट नायक बने। उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा कुनै गोल हुन नसक्दा मनाङले घरेलु मैदानमा लगातार दोस्रो जित हासिल गरेको हो।
पोखरा रंगशालालाई घरेलु मैदान मानेको मनाङले लिग चरणका ३ खेल खेल्नेछ।
जितसँगै मनाङ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ। मच्छिन्द्र फुटबल क्लब भने दोस्रो स्थानमा झरेको छ।
यो चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले एफसी कप छनोट खेल्न पाउनेछ।
Shares

प्रतिक्रिया