नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिस क्लबलाई २–० गोल अन्तरले पाखा लगाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो।
मनाङको जितमा रुपेश केसी र अफिज ओलावालेले गोल गरे।
पहिलो हाफ गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ६४ औँ मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। ८८ औँ मिनेटमा ओलावा अफिजले गोल गर्दै अग्रता दोब्बर पारे।
मनाङले फाइनल प्रवेशका लागि माघ १३ गते थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार संकटा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया