नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंसिर १५ बाट सुरु हुने सागमा सहभागिता नजनाउने भएका छन्।
सन्दीपका नेपाली व्यवस्थापक रमन सिवाकोटीका अनुसार सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले कम्तिमा १५ दिन आराम गर्नु पर्ने भएकाले साग नखेल्ने भएका हुन्। टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था देखिएपछि दीर्घकालीन समस्या नदेखियोस भनेर सोमबार तिलगंगा अस्पतालमा सन्दीपको सल्यक्रिया गरिएको हो।
तीनहप्ताको आरामपछि उनी मैदान फर्कने भएका छन्। सागको पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंका यू२३ सँग मंसिर १७ गते त्रिवि क्रिकेट मैदानमा खेल्दैछ। यस्तै मंसिर १९ मा भुटान र मंसिर २० मा माल्दिभ्ससँग नेपालले खेल्नेछ।

प्रतिक्रिया