खेल


एकदिवसीयमा आसिफको शतकसँगै केन्याविरुद्ध नेपालको विजयी सुरुवात

एकदिवसीयमा आसिफको शतकसँगै केन्याविरुद्ध नेपालको विजयी सुरुवात

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १९:१४, काठमाडौँ

केन्यासँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ।

ओपनरद्वय आसिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक मद्दतमा केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

योसँगै केन्याविरुद्धको पहिलो एकदिवसीयमा नेपाल ७ विकेटले विजयी भयो।

नेपालका तर्फबाट आसिफले १ सय १० रन बनाए। एक दिवसीयमा उनले बनाएको यो सबैभन्दा उच्च स्कोर हो।

यसअघि उनले एकदिवसीयमा ९० रन बनाएका थिए। केन्याको नैरोवीस्थित जीमखाना क्रिकेट मैदानमा भएको खेलमा ओपनर व्याटर अर्जुन साउदले ६१ रन बनाए।

नेपालका तर्फबाट आसिफ र अर्जुनले १ सय ४१ रनको साझेदारी गरेपछि केन्याले दिएको लक्ष्य नेपालले सजिलै पूरा गर्ने दिशामा अघि बढेको हो। नेपालका ज्ञानेन्द्र मल्लले २४ रन बनाए । खेलमा दीपेन्द्रसिंह ऐरी १९ र रोहित ३ रनमा अविजित रहे।  

त्यसअघि केन्याले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

केन्याका दुई व्याटर राकेट पटेलले ६७ र कोलिङ्स ओवुयाले ६२ रन जोडे।

नेपालको लागि सोमपाल कामी र करण केसीले समान ३/३ तथा आदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .