खेल


आर्मीका रिमालले जिते काठमाडौं म्याराथनको उपाधि

आर्मीका रिमालले जिते काठमाडौं म्याराथनको उपाधि

नेपालखबर
भदौ २६, २०७९ आइतबार १२:१३, काठमाडौँ

काठमाडौं म्याराथनको १४ औं संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका छन्।  

रिमालले निर्धारित दूरी २ घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गरे। आर्मीकै जुनेश खड्का दोस्रो र एपीएफका राजन चौधरी तेस्रो भए। खड्काले २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भएका हुन्। एपीएफका चौधरीले भने २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा दुरी पूरा गरे।

उपाधि सहित हरिले एक लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेका खड्काले ५० हजार र चौधरीले २५ हजार रुपैयाँ पाए। 

पुरुषतर्फको हाफ म्याराथनमा पर्वतका सुवास गुरुङले १ घण्टा १५ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए। आर्मीका नवराज बुढाले १ घण्टा २२ मिनेट २२ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र आर्मी कै देवराज बस्नेतले १ घण्टा २५ मिनेट ४७ सेकेन्डमा दुरी पूरा गर्दै तेस्रो भए। 

महिलातर्फको हाफ म्याराथनमा नेपाल पुलिस क्लबकी रेखा विष्टले १ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पूरा गर्दै पहिलो तथा धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट ५८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन्।

दोलखाकी तिलिमाया राउतले २ घण्टा ५ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गरिन्। महिला पुरुषतर्फका विजेताले ५०, दोस्रोले २५ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे। 

पुरुष ३ किलोमिटर दौडमा एपीएफका राजेन्द्र तामाङ पहिलो, अभिषेक पञ्चकोटी दोस्रो र आर्मीका यमराज खत्री तेस्रो भए। महिलातर्फ दोलखाकी अन्जु खड्का पहिलो, मनीषा गिरी दोस्रो र ललितपुरकी श्रेबी महर्जन तेस्रो भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .