खेल


क्रस कन्ट्री साइक्लिङमा बागमती र एपीएफलाई एक–एक स्वर्ण

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपीएफलाई एक–एक स्वर्ण

नेपालखबर
असोज ३०, २०७९ आइतबार १९:३४, पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।

पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन्। 

त्यस्तै, उक्त दूरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन्। त्यसैगरि १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दूरी पुरा गर्दै एपीएफकी हुमी बुढामगरले कास्य जित्न सफल भइन्।

आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ। १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन्। 

त्यस्तै, नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते। त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दूरी पुरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन्।

सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ। साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८–८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .