खेल


अपडेट : पुरुष कबड्डीको विवाद मिल्यो, दोषी देखिए रेफ्रीलाई कारवाही गर्ने सहमति

अपडेट : पुरुष कबड्डीको विवाद मिल्यो, दोषी देखिए रेफ्रीलाई कारवाही गर्ने सहमति

विवादपछि मैदानमै सुतेका गण्डकीका खेलाडी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक २, २०७९ बुधबार १३:२८, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद अन्र्तगत पोखरामा जारी पुरुष कबड्डीमा मंगलबार साँझदेखिको विवाद मिलेको छ।

केहीबेर अघि सम्पन्न वार्ताले मंगलबार भएको प्रतियोगितामा निर्णयका क्रममा रेफ्री दोषी पाइए कारवाही गर्ने गरी सहमति भएको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताए। 

‘हामी दुवै पक्ष बस्यौँ, हिजो गेमको दौरानमा भएको निर्णाय दुवै पक्षले मान्ने, निर्णायकको हकमा दोषी ठहरिए कारवाही गर्ने गरि सहमति भएको छ,’ उनले भने।

गण्डकी प्रदेशले निर्णायकमाथि लगाएको आरोपबारे भिडिओ फुटेज र संघका विज्ञहरु बसेर छलफल गर्दा दोषी पाइए संघले कारबाही गर्ने सहमति जुटेको उनले बताए।

महासचिव प्रजापति, उपाध्यक्ष वीरेन्द्र यादव, संगीता हमाल, गण्डकी प्रदेशका टिमकोच सन्दीप खड्की , टिम म्यानेजर हरि जिसी र टिम क्याप्टेन महेश खड्की वार्तामा सहभागी थिए।

गण्डकी प्रदेशका पुरुषतर्फका खेलाडीहरुले कबड्डी कोर्ट कब्जा गर्दा लिग चरण अन्तर्गतका अन्तिम खेलहरु प्रभावित भएका छन् ।

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकी प्रदेशका खेलाडीहरुले कोर्टमा नै सुतेर विरोध जनाएका थिए।

बुधबारको प्रतियोगितामा नेपाल प्रहरी क्लब र गण्डकी प्रदेशबीचमा भएको प्रतियोगितामा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .