खेल


रोनाल्डोको भविष्यबारे युनाइटेडको प्रतिक्रिया : अहिले केही नबोलौँ

रोनाल्डोको भविष्यबारे युनाइटेडको प्रतिक्रिया : अहिले केही नबोलौँ

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १७:५५, काठमाडौँ

पछिल्लो समय तीव्र विवादमा परेका फरवार्ड क्रिस्टियानो रोनाल्डोबारे उनी आवद्ध इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले तत्कालै केही नबोल्ने भएको छ।

क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोबारे आएका पछिल्ला टिप्पणीप्रति प्रतिक्रिया दिँदै अहिले केही नबोल्ने जनाएको हो। 

क्लबको विज्ञप्तिमा रोनाल्डोले सञ्चारमाध्यममा दिएको विवादित अन्तर्वार्ताप्रति अहिले कुनै प्रतिक्रिया नदिने जनाइएको छ।

यो विषयमा अन्य प्रक्रिया पूरा नहुँदासम्मका लागि थप टिप्पणी नगर्ने क्लबले जनाएको हो। रोनाल्डो विश्वकपका लागि पोर्चुगलको टिममा रहेकाले क्लबले पर्ख र  हेरको रणनीति लिएको हो। 

३७ वर्षीय रोनाल्डोले पछिल्लो समय एक टेलिभिजनमा दिएको अन्तवार्ताका कारण विवादको शिखरमा छन्।

विश्वकप सुरु हुनुअघि रोनाल्डोले एक अन्तवार्तामा क्लबको आलोचना गर्दै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी जाने संकेत गरेका थिए।

क्लब र रोनाल्डोबीच विवाद बढेसँगै ओल्ड ट्राफोर्टबाट उनको पोष्टर पनि बिहीबार हटाइएको छ। रोनाल्डोले क्लबका केही खेलाडी र प्रशिक्षकविरुद्ध आक्रमक अन्तर्वार्ता दिएको प्रतिक्रियास्वरुप क्लबले उनको पोष्टर स्टेडियमबाट हटाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .