खेल


एकै ओभरमा ७ छक्का प्रहार गर्दै रितुराजले बनाए नयाँ कीर्तिमान

एकै ओभरमा ७ छक्का प्रहार गर्दै रितुराजले बनाए नयाँ कीर्तिमान

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:२९, काठमाडौँ

महाराष्ट्रका कप्तान तथा ओपनर रितुराज गायकवाडले एकै ओभरमा ७ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान आफ्नो नाममा गराएका छन्। 

विजय हजारे ट्रफी २०२२ अन्तर्गत लिष्ट ए अन्तर्गत उत्तर प्रदेशबिचको खेलमा उनले एकै ओभरमा ४३ रन हानेका हुन्। खेलको ४९ औँ ओभरको पाँच बलमा लगातार ५ छक्का हानेका उनले नो बलमा पनि छक्का हाने।

अन्तिम बलमा पनि छक्का प्रहार गर्दै एकै ओभरमा ७ छक्का हानेका हुन्। उनले शिव सिंहलाई लगातार पाँच बलमा छक्का हानेका थिए। 

रितुराजले १५९ बलमा १० चौका र १६ छक्का हान्दै २२० रनको नटआउट इनिङस् खेले। २२० रनको अविजित पारी खेलेका उनी लिष्ट ए क्रिकेटमा ३९ औँ दोहोरो शतक हान्ने खेलाडी हुन्।

भारतीय फर्म्याटमा उनले पाँचौ हाइ स्कोरर हुन्। उनले भारतबाट एक ओडिआई र ९ टी–२० आई खेल खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .