ad ad

खेल


नेपालको लगातार दोस्रो जित, स्कटल्यान्ड ३ विकेटले पराजित

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङ
नेपालको लगातार दोस्रो जित, स्कटल्यान्ड ३ विकेटले पराजित

अर्धशतक पूरा गरेपछि दीपेन्द्र। तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
फागुन ५, २०७९ शुक्रबार १६:४०, काठमाडौँ

स्कटल्यान्ड, नेपाल र नामिबियाबीचको त्रिदेशीय शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

आज त्रिवि मैदानमा भएको खेलमा स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको हो। 

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको विस्फोटक ब्याटिङमा नेपालले आईसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको हो। 

यसअघि नेपालले घरेलु मैदानमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो। 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले १८ बलअगावै ७ विकेट गुमाएर भेट्टायो। 

छैटौँ विकेटका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १ सय रनको साझेदारी गरेपछि नेपाल सहज जिततर्फ उन्मुख भएको थियो।

कुशल मल्ल ८१ रनमा क्याच आउट भए। ६७ बलको सामना गरेका कुलशले ९ चौका र ४ छक्का हाने। 

आठौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका थिए। नेपालले २८ रनमात्र अतिरिक्त पाएको थियो। 

दीपेन्द्र ८५ र सोमपाल २४ रनमा नटआउट रहे। ११६ रनको सामना गरेका दीपेन्द्रले ८ चौका र १ छक्का हाने। सोमपालले ३२ बलमा ४ चौका हाने। 

ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। ८ बलको सामना गरेका कुशलले ४ चौका हाने। गुलशन झा १८ रनमा आउट भए। 

आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, सन्दीप जोरा ५ र ज्ञानेन्द्र मल्ल ४ रनमा पवेलियन फर्के। 

स्कटल्यान्डका क्रिस सोले र मार्क वाटले समान ३ विकेट लिए। माइकल लिस्कले एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय रनको योगफल तयार पारेको थियो।

सातौँ विकेटका लागि माइकल लिस्क र ज्याक जेभिसले ८१ रनको साझेदारी गरेपछि स्कटल्यान्डले विशाल योगफल तयार पारेको थियो। 

करियरको पहिलो शतक हान्ने क्रममा माइकलले ७९ बलमा ३ चौका र ९ छक्का हान्दै शतक पूरा गरे। माइकल १०७ रनमा नटआउट रहे। माइकलले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। 

२४.२ ओभरमा नेपाल १११–६ को अवस्थामा रहेको नेपालले सातौँ विकेटका लागि ८५ रन खर्चेको थियो। 

स्कटल्यान्डका ओपनर क्रिस्टोफर म्याकब्राइड २२ रन बनाउँदा कुशल मल्लको बलमा क्याच आउट भए। २९ बलको सामना गरेका उनले ३ चौका हाने। कप्तान रिची बेरिङटन २५ बलमा २ चौका र १ छक्का हान्दै १९ रनमा कुशल मल्लको बलमा आउट भए। 

थोमस म्याकिन्टोस १९ र म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। 

ब्रान्डोन म्याकमुलर २२ रन जोड्दा सन्दीपको बलमा क्याच आउट भए। २६ बलको सामना गरेका उनले १ छक्का हाने। क्रिस ग्रेभ्स १६ रन जोड्दा कुशल भुर्तेलको बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए। 

ज्याक जर्भिस २६ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड आउट भए। मार्क वाट २० रनमा रन आउट भए। क्रिस सोले ५ रनमा क्याच आउट भए। 

नेपालका स्पिनर सन्दीप लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ विकेट झारे। कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। 

सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। कुशल मल्लले ९ ओभरमा १ मेडन राखे। नेपालका लागि करण केसी घातक सावित भए।

करणले ९ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चे। सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .