ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी केपी ओली कपमा सोमबार आयोजक केपी ओली फुटबल क्लब र मचिन्द्र क्लबबीच रोचक भिडन्त भएको छ।
प्रतियोगितामा आयोजक क्लबलाई पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको छ।
अब फाइनलमा उपाधिका लागि मछिन्द्रले र सातदोबाटोसँग भेट पक्का गरेको छ।
सोमबार भएको खेलमा मछिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो।
आजै भएको पहिलो सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सातदोबाटोले फाइनलमा स्थान बनाएको थियो।
उपाधि भिडन्त पर्सि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ५ बजेपछि हुनेछ।
प्रतियोगिताको विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
24
Shares
प्रतिक्रिया