ad ad

खेल


ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीलाई नि:शुल्क प्रवेश

ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीलाई नि:शुल्क प्रवेश

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १२:४८, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई निशुल्क प्रवेश दिइने भएको छ। 

शुक्रबारदेखि सुरु हुने लिगको उद्घाटन खेलमा नवप्रवेशी खुमलटार एफसी र अनुभवी क्लब फ्रेण्ड्स भिड्दैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

उद्घाटन खेलमा विद्यार्थीलाई स्कुल र कलेजको परिचय पत्रको आधारमा साधारण प्यारापिटतर्फ निःशुल्क प्रवेश दिईने एमडीएसी स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए। 

एमडीएसीले टिकेटिङ्ग  पार्टनर ई सेवासँग सहकार्य गर्दै उद्घाटन खेलमा विद्यार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको जनाएको छ। 

लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .