खेल


नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १२:५७, काठमाडौँ

विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ।

स्पिनर सन्दीप लामिछानेले नेपालका लागि पहिलो विकेट लिएका छन्।  उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारेका हुन्। 

पीएनजीका ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे।

सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्। 

अहिले क्रिजमा उरा र सेसे बाउ नटआउट छन्। १६ ओभरको समाप्तीमा पीएनजीले १ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .