ad ad

खेल


महिला १० किमी दौडमा नेपाललाई दुई रजत

महिला १० किमी दौडमा नेपाललाई दुई रजत

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:३३, काठमाडौँ

एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करणको सिनियर महिला १० किमी दौडमा नेपालले दुई रजत पदक जितेको छ। 

गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले एकल र टिम इभेन्ट दुवैमा रजत पदक जितेको हो। 

१० किमी दौडमा नेपालकी राजपुरा पछाइले नेपाललाई रजत पदक जितिन्। राजपुराले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेन्डमा पार गर्दै नेपाललाई रजत दिलाएकी हुन्। 

सोही स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दूरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन्। भारतकी सोनीकाले कास्य पदक जितिन्। सोनीकाले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन्। 

सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ। नेपालका रापुरा पछाइ, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दूरी २ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन्। 

स्पर्धामा भारते स्वर्ण पदक जितेको छ। भारतका सोनिका, छवि यादव र मुन्नी देवीले निर्धारित दूरी २ घण्टा ४ मिनेट र ३८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जित्यो। 

टिम इभेन्टमा थाइल्याण्डले काश्य पदक जितेको छ। थाइल्याण्डका लिन्दा जन्थाचित, नथाया थनारोनावत र सुनिका प्रिचापोंंगले २ घण्टा १३ मिनेट र १६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .