ad ad

राजनीति


सबै सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन

सबै सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:३४, काठमाडौँ

आठ दलीय गठबन्धनले बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई बुधबार नै काठमाडौं आइसक्न भनेको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय लिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

'राष्ट्रपति निर्वाचनबारे गर्नुपर्ने काम सबै व्यवस्थित र सुरक्षित रुपमा प्रशिक्षित गर्ने निर्णय भएको छ', उनले भने, 'आफ्नो पार्टीका नेता कार्यकर्ता र सांसदहरुलाई भोट कसरी हाल्ने सिकाइरहनुपर्ने कुरा भएन। यस पटक भोटमा स्वस्तिक लाउनुपर्छ। पहिले नम्बर र टिक लाउने हुन्थ्यो। त्यसैले यसबारे सबै सांसदलाई बताउने कुरा भएको छ।'

उनले यो बैठक राष्ट्रपति निर्वाचनमै केन्द्रित भएर बसेको बताए। 'राष्ट्रपति निर्वाचनकैबारे बैठकमा कुरा भएको हो'. उनले भने, 'हामी आठ दलसँग ३१ हजार ५ सयभन्दा धेरै छ। एमालेको आफ्नो मात्रै १५२८१ हो। राप्रपा र रास्वपाले निर्णय गरेका छैनन्। तर पनि हामी सजिलै जित्छौँ। रामचन्द्र पौडेल फागुन २५ गते साँझसम्म राष्ट्रपति भइसक्नु हुन्छ।'

त्यस्तै बैठकपछि एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले गठबन्धनबारे कुरा भएको बताए। 

'गठबन्धनबारे आज छलफल प्रारम्भमा भएको छ। निष्कर्षमा पुग्न सकेको छैन', उनले भने, 'गठबन्धनलाई विस्तार गर्ने कुरा भएको छ। मोडालिटीबारेमा कुरा भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .