ग्लोबल


अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरुले चीनको विकास रोक्न खोजे : राष्ट्रपति सी

अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरुले चीनको विकास रोक्न खोजे : राष्ट्रपति सी

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:३७,

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाले पश्चिमा मुलुकहरुलाई उचालेर चीनको अग्रगतिलाई रोक्ने प्रयास गरेको आरोप लगाएका छन्।

चीन र अमेरिकाबीच सम्बन्ध सुधारको प्रयास असफल भएपछि सीले यस्तो निराशा व्यक्त गरेका हुन्। सीले नाम काढेरै अमेरिकाविरुद्ध आरोप लगाएको यो दुर्लभ घटना हो। यसले चीन–अमेरिका सम्बन्धको कठिन अवस्थालाई चित्रण गर्दछ।

‘अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकहरुले चीनलाई चारैतिरबाट नियन्त्रण गर्न थालेका छन्। जसले चीनको विकासमा अभूतपूर्व गम्भीर चुनौती ल्याएको छ,’ सोमबार चीनको संसदको सत्रमा भएको एक सामूहिक छलफलमा उनले भने।

चीनको विकासका लागि बाहिरी परिस्थिति तीव्र गतिमा बदलिइरहेको र अनिश्चितता बढेको उनको भनाइ थियो।

उनले चीनको चुनौती र जोखिम थप बढ्दै जाने पनि बताए।

फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण कार्यक्रम बेइजिङले जासुसी बेलुन पठाएको भन्दै रद्ध गरेका थिए। जसका कारण दुई देशबीचको सम्बन्धमा थप तिक्तता निम्तिएको थियो। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .