आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत लगातार विकेट लिएपछि पपुवा न्यु गिनी (पीएनजी) दबाबमा आएको छ।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ३५ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएर खेलिरहेको छ।
३३ औँ ओभरमा लगातार दुई विकेट लिएपछि नेपालले पीएनजीमाथि दबाब बनाएको छ।
कसिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।
७ ओभर बलिङ गरेका सन्दीपले २६ रन दिए। सन्दीपले ३२.२ र ३२.३ ओभरमा लगातार २ विककेट लिए। ८ ओभरमा दिपेन्द्रले २ विकेट लिए।
पीएनजीका ओपनर टोनी उरा ५० रनमा क्याच आउट भए। कप्तान असद भाला ४२ रनमा क्याच आउट भए।
किपलिन डोरिगा २६ रनमा आउट भए। चाल्र्स आलिमी १४, हिरिहिरी ८, सेसे बाउ ३ र चाड सोपर शून्य रनमा आउट भए। कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो।
Shares
प्रतिक्रिया