खेल


नेपाललाई यूएईले दियो विशाल चुनौती, सिधै विश्वकप छनोट खेल्न ३११ रन बनाउनुपर्ने

नेपाललाई यूएईले दियो विशाल चुनौती, सिधै विश्वकप छनोट खेल्न ३११ रन बनाउनुपर्ने

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार १३:१७, काठमाडौँ

आशिफ खानको शतकिय पारीमा घरेलु टोली नेपालले आइसीसी विश्वकप लिग २ त्रिकोाणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जितका लागि ३ सय ११ रनको विशाल लक्ष्य पाएको छ। 

नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रन माथिको विशाल योगफल दिने यूएई पहिलो टोली हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३  सय १० रनको योगफल तयार पारेको थियो। 

छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे।

विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने। 

ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे। ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए। 

चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए। रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे। 

दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .