आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईलाई हराएसँगै नेपालले सोझै ग्लोबल छनोट खेल्दैछ।
सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को यात्रा सुरु गरेको नेपालले यूएई र पीएनजीसँग खेल्दै सिरिज सकाएको हो।
लिग २ को यात्रामा नेपाली टोलीले थुप्रै उतारचढाव पार गर्दै ग्लोबल छनोटसम्मको यात्रा तय गरेको हो। लिग २ मा नेपालले थुप्रै कीर्तिमान पनि बनायो।
घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले कीर्तिमान मात्र बनाएन, अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै ग्लोबल छनोटमा पुग्यो।
सिरिजको अन्तिम खेलमा पनि घरेलु टोली एक समय हार नजिक पुग्दा धेरैले आशा मारिसकेका थिए।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले हिटर ब्याटर दीपेन्द्रसिंह ऐरीलाई रोक्दै गुल्सन झालाई क्रिजमा पठाए। आक्रामक ब्याटिङ गरेका गुल्सन झाले खेलमा छक्का र चौकाको वर्षा गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याए।
विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका ४ ब्याटरले एकै खेलमा अर्धशतक प्रहार गर्दै अर्को कीर्तिमान पनि राखे। ओपनर कुशल भुर्तेल (५०), भीम सार्की (६७), आरिफ शेख (५२) र गुलसन झा ५० रनमा नटआउट रहे। यूएईविरुद्ध ४ ब्याटरले अर्धशतक पूरा गरे।
यसअघि नेपालबाट एकै खेलमा तीन ब्याटरले अर्धशतक हानेका थिए। अघिल्लो महिना आसिफ शेख(८१), ज्ञानेन्द्र मल्ल(६५) र कुशल मल्लले(६२) रन बनाएका थिए। यस्तै गतवर्ष अमेरिकाविरुद्ध देव खनालले (५४), आसिफ शेख (६१) र रोहित कुमार पौडेलले (६२) रन जोडे।
पुनरागमन
एक समय नेपाली टोली खराब ब्याटिङबाट गुज्रिरहेको थियो। नेपालका लागि ओडीआई मान्यता जोगाउनु नै ठूलो कुरा थियो।
तर घरेलु मैदानमा यूइएईलाई हराउँदै ओडीआई मान्यता जोगाएको नेपालले ग्लोबल छनोटमा पुग्दै क्रिकेट समर्थकलाई खुशी दिए।
लिग २ को सुरुवातमा २ सय रनका लागि संघर्ष गरिरहेको नेपाली टोलीले पछिल्लो खेलमा ३ सयको लक्ष्य सहजै भेट्टाउने अवस्था आयो। हरेक खेलमा फरक खेलाडी नायक बनेर निस्किए।
लिग २ को सुरुवाती २४ खेलमा नेपालको प्रर्दशन सम्झनलायक रहेन। अन्तिम १२ खेलमा नेपालले अविश्वसनीय प्रर्दशन गर्दै ११ खेलमा जित निकाल्यो। लिग २ को शीर्ष ३ मा रहँदै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो।
लिग २ का ३६ मध्ये ३० खेल खेलेका आशिफ शेखले सर्वाधिक ९३४ रन बनाउँदै नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्।
कप्तान रोहित पौडेलले ३३ खेलको ३२ इनिङस्मा ९०९, २९ खेलमा कुशल भुर्तेलले ६८१ र आरिफ शेखले २९ खेलको २५ इनिङस्मा ५९५ रन बनाए।
ज्ञानेन्द्र मल्लले २४ खेलमा ५७२, कुशल मल्लले १८ खेलको १७ इनिङस्मा ४०४ र दिपेन्द्रसिंह ऐरीले ३२ खेलको ३१ इनिङमा ३०४ रनको योगदान गरे।
लिग २ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालका ४ ब्याटरले स्थान बनाएका छन्। ओपनर कुशल भुर्तेलले घरेलु मैदानमा नामिबियाविरुद्ध सर्वाधिक ११५ रन बनाए।
आशिफ शेखले घरेलु मैदानमा नै पीएनजीविरुद्ध ११० तथा रोहित पौडेलले स्कटल्यान्डविरुद्ध ९५ रनको योगदान दिए। यस्तै आशिफ शेखले ओमानविरुद्ध अल अमरेत क्रिकेट स्टेडियममा ९० रन बनाए।
नेपालबाट सर्वाधिक रन हान्ने ५ ब्याटर
आसिफ शेख
ओपनर आसिफ शेख लिग २ मा सर्वाधिक रन बनाउने पहिलो ब्याटर हुन्। लिग २ का ३० खेलमा उनले ९ सय ३४ रन बनाए।
आशिफ शेखले घरेलु मैदानमा नै पीएनजीविरुद्ध ११० रनको सर्वाधिक योगदान दिएका थिए। आशिफले लिग २ मा एक शतक र सात अर्धशतक प्रहार गरे। ९ सय ३४ रन बनाउन आशिफले १०३ चौका र ११ छक्का हाने।
रोहित पौडेल
कप्तान रोहित पौडेलको लिग २ मा सानदार प्रर्दशन गरेका छन्। गत महिना स्कटल्यान्डसँगको खेलमा हारको नजिक पुगेको नेपाली टोलीलाई रोहितले कप्तानी पारी खेल्दै इनिङस् सम्हालेका थिए। लिग २ का ३३ खेलमा रोहितले ६ अर्धशतक हाने।
९ सय ९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेनका उनले ७४ चौका र १६ छक्का हाने।
कुशल भुर्तेल
ओपनर कुशल भुर्तेलले लिग २ मा ६ सय ८१ रन बनाए। लिग २ मा पहिलो शतक हान्ने खेलाडी बनेका कुशलले २९ खेलमा १ शतक र ५ अर्धशतक हाने। ६१ चौका र १७ छक्का हानेका कुशलले नामिबियाविरुद्ध १ सय १५ रनको सानदार प्रर्दशन गरेका थिए।
आरिफ शेख
मध्यक्रमका ब्याटर आरिफ शेखले लिग २ मा ५ सय ९५ रन को योगदान दिए। आरिफले २९ खेलमा ५ अर्धशतक हाने। आरिफले लिग २ मा ३४ चौका र २ छक्का प्रहार गरे।
ज्ञानेन्द्र मल्ल
अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले लिग २ का २४ खेलमा ५ सय ७२ रन बनाए। उनले ५ अर्धशतक ५४ चौका र १० छक्का प्रहार गरे।
प्रतिक्रिया