आगामी साता हुने नेपाल र भियतनाम सम्मिलित महिला ओलम्पिक फुटबल छनोट खेलका लागि ३ सय र १ हजार रुपैयाँ टिकट दर छुट्टाइएको छ। टिकट खल्ती एपबाट लिन सकिनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै चैत २२ र २५ गते हुने प्रतियोगिताको टिकट दर तोकेको बताएको हो।
पेरिस ओलम्पिकको एशियन क्वालिफायरको पहिलो राउण्डका खेलहरु दशरथ रंगशालामा हुनेछ। दुबै खेलहरु साँझ ६ बजे हुनेछ। छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।
एशियन छनोटका लािग भियतनामको टोली अप्रिल ३ मा नेपाल आइपुग्नेछ। नेपाल रहेको समूह सी मा भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहेपनि दुई टोलीले नाम फिर्ता लिएका थिए।
प्रतियोगिताको ब्रोडकास्टिङ र मार्केटिङको अधिकार एमडीएसी स्पोर्टस् प्रालिलाई दिएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान एन्फाले गरेको छ।
प्रतिक्रिया