पेरिस ओलम्पिक एशियाली छनोट अन्तर्गत भियतनामसँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेका छन्।
मुख्य प्रशिक्षक थापाले आजको खेलमा रश्मी कुमारी घिसिङको स्थानमा विमला विकलाई सुरुवाती ११ मा मौका दिएका छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा ५–१ को हार भोगेको घरेलु टोली आजको खेलमा सुधारिएको प्रर्दशन गर्ने योजनामा छ। उता भियतनाम भने पहिलो खेलको लयलाई निरन्तरता दिदै दोस्रो चरणमा स्थान बनाउने दाउमा छ।
नेपाली टोलीः
गोलरक्षकः एञ्जिला तुम्बापे सुब्बा (कप्तान)
मिडफिल्डरः सरु लिम्बु, दिपा शाही, अनिता केसी, बिमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, अमिसा कार्की
57
Shares

प्रतिक्रिया