खेल


मनाङ मर्स्याङ्दी क्लवको उत्कृष्ट पुनरागमन

मनाङ मर्स्याङ्दी क्लवको उत्कृष्ट पुनरागमन

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १८:१७, काठमाडौँ

मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि उत्कृष्ट पुनरागमन गर्दै अंक खोसेको छ।

च्यासल मैदानमा आइतबार भएको खेलमा २–० ले पछि परेको स्थितीलाई उल्टाउँदै मनाङले जावलाखेलसँग रोमाञ्चक बराबरी गरेको हो।

जावलाखेल एनकोटो मासोआबी र हिसुब थपलियाको गोलमा सुरुवाती अग्रता बनाएको थियो। तर मनाङका भिषण गुरुङ र सुमित श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको ३४ औैं मिनेटमा जावलाखेलले एनकोटो मासोआबीको गोलमा सुरुवाती अग्रता बनाएको थियो। खेलको ७६ औं मिनेटमा हिसुब थपलियाको गोलमा अग्रता दोब्बर पारे। काउण्टर अट्याकमा डिफेन्सले खराब क्लियर गरेको बललाई फोडे फोफाना नियन्त्रणमा लिए। फोफानाको क्रसमा हिसुबले फाइनल टच दिए।

त्यसको ५ मिनेटमा नै मनाङले खेललाई २–१ को अवस्थामा ल्याए। जावलाखेलका दुई मिडफिल्डलाई बिट गर्दै मनाङका भिषण गुरुङले कोफी कोउडुलाई पास दिएको बललाई कोफीले डिफेन्स लाइन क्लियर गर्दै भिषणलाई दिएको पासमा उनले वन भर्सेस वनमा उत्कृष्ट भली गोल गरे।

इन्ज्युरी समयको पहिलो मिनेटमा सुमित श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीसँगै जावलाखेल ३१ अंकमा शीर्ष स्थानमा कायम छ। मनाङ २२ अंकसाथ सातौं स्थानमा छ।

आजै एन्फा मैदानमा भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र फ्रेण्ड्स क्लबले २–२ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .