इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहम स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन्।
बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३ मिलियन युरोमा अनुबन्ध गर्ने सम्झौता गरिएको हो।
सन् २०२० को जुलाईमा बर्मिङघम सिटीबाट डर्टमुन्डमा आबद्ध भएका १९ वर्षीय बेलिङहमले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका थिए।
बेलिङहमको केही दिनमा नै मेडिकल हुनेछ। उनले रियलसँग ६ वर्षका लागि सम्झौता गर्नेछन्। रियल बेलिङहमका लागि १ सय ३ मिलियन युरो तिर्न सहमत भएको छ। त्यसमा विभिन्न एड-अन रहेको बताएका छन्। ती एड-अन समावेश भएमा उनको सम्झौताको मूल्य १ सय १५ मिलियन युरो पुग्नेछ।
बेलिङहमले यस सिजन डर्टमुन्डका लागि ४२ खेलमा १४ गोल र ७ असिस्ट दिएका छन्।
जेठ २५, २०८०, बिहीबार
27
Shares
प्रतिक्रिया