ad ad

खेल


मेस्सीका कारण एक दिनमै थपिए इन्टरमियामीका ३८ लाख फलोअर

मेस्सीका कारण एक दिनमै थपिए इन्टरमियामीका ३८ लाख फलोअर

नेपालखबर
जेठ २५, २०८० बिहिबार १७:६, काठमाडौँ

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीलाई भित्र्याउने पक्का भएसँगै अमेरिकी मेजर लिग सकर क्लब इन्टरमियामीका फलोअर एकदिनमै ३८ लाख बढेका छन्।

मेजर लिग सकरको यो सिजनमा १६ खेलबाट १५ अंकसहित लिग तालिकाको पुछारमा रहेको इन्टरमियामीको इन्स्टाग्राम आइडीमा २४ घण्टाभित्र ३८ लाख फलोअर थपिएका हुन्। 

बुधबारसम्म इन्स्टाग्राममा इन्टरमियामीका फलोअर १० लाख मात्रै थिए। त्यो बेलासम्म इन्टरमियामीले ३३४८ वटा पोस्ट गरेको थियो।

तर मेस्सी भित्रिने पक्का भएपछि अहिले उसका इन्स्टाग्राम फलोअर २४ घण्टाभित्र ३८ लाख थपिएका छन्। योबीचमा इन्टरमियामीले एउटा इन्स्टाग्राम पोस्ट गरेको छ।

पीएसजीमा २ सिजन बिताएका मेस्सीको सम्झौता फ्रेन्च क्लबसँग यही जुलाई ३ मा सकिँदैछ। तर मेस्सीले यही शनिबार अन्तिम लिग वान खेल खेलेसँगै क्लबलाई बिदाइको हात हल्लाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .