स्पेनमाथि सानदार जित निकाल्दै जापान समूह विजेताको रुपमा फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ।
सोमबार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा स्पेनलाई ४–० को फराकिलो अन्तरले हराउँदै एशियाली टोली जापान समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।
जापानसँग पराजित स्पेन हारका बावजुद पनि समूह उपविजेता बन्दै प्रि–क्वार्टरफाइनलमा पुगेको हो।
जापानको जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले एक एक गोल गरे।
पहिलो हाफमा तीन गोल गरेको जापानले दोस्रो हाफमा एक गोल थप्यो।
समूह चरणमा अपराजित जापानले तीन खेलबाट ९ अंकमा शीर्ष स्थानमा रह्यो। ६ अंक भएको स्पेन दोस्रो स्थानमा रह्यो।
समूह सी मा जाम्वियाले ३ तथा कोस्टा रिका अंकविहीन बन्दै बाहिरिएका छन्।
जापानले अन्तिम १६ मा समूह बी को उपविजेता नर्वेसँग खेल्नेछ। स्पेनले समूह ए को विजेता स्वीट्जरल्यान्डसँग खेल्नेछ।
आज नै भएको समूहको अर्को खेलमा जाम्वियाले कोस्टारिकालाई ३–१ ले हरायो।
Shares

प्रतिक्रिया