नेपाल आयल निगमले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई मुख्य प्रायोजन गर्ने भएको छ।
काठमाडौंमा सोमबार भएको पत्रकार सम्मेलनमा निगम र मनाङबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा क्लबका अध्यक्ष छिनी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले हस्ताक्षर गरे। प्रायोजनबापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ दिनेछ। सम्झौताअनुसार अब मनाङको नाम नेपाल आयल निगम मनाङ मस्र्याङ्दी हुनेछ।
निगमले १ वर्षका लागि मनाङलाई प्रायोजन गरेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए।
प्रतिक्रिया