खेल


बालोन डी'ओर : मेस्सी प्रवल दाबेदार, रोनाल्डो प्रारम्भिक सूचीमा अटाएनन्

बालोन डी'ओर : मेस्सी प्रवल दाबेदार, रोनाल्डो प्रारम्भिक सूचीमा अटाएनन्

नेपालखबर
भदौ २१, २०८० बिहिबार १२:५४, काठमाडौँ

सन् २०२३ का लागि विश्व प्रतिष्ठित फुटबल अवार्ड बालोनन डी'ओरको प्रारम्भिक सार्वजनिक भएको छ।

आगामी अक्टोबर ३० मा फ्रान्सेली राजधानीमा पेरिसमा दिइने उक्त अवार्डका लागि अल नासरका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो प्रारम्भिक ३० जनाको सूचीमै नपरेका हुन्। 

तर उता इन्टर मियामीबाट यसै सिजनदेखि खेल्न थालेका विश्वकप विजेता अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सी भने आठौं पटक बालोन डि'ओरको बलिया दाबेदार देखिएका छन्। 

पाँच पटकका विजेता रोनाल्डो प्रारम्भिक सूचीमै नपर्दा गत सिजन एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेस्टर सिटीका मात्रै सात खेलाडी परेका छन्। बालोन डि'ओरका लागि इङ्लिस प्रिमियर लिगकै १२ खेलाडी सूचीमा परेका छन्। 

यो सूचीमा म्यानचेस्टर सिटीलाई गत सिजन तेहेरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका इर्लिङ हालान्ड पनि छन्। बालोन डि'ओर उपाधिमा मेस्सी र हालान्डबीच नै प्रतिस्पर्धा हुने बलियो सम्भाव छ। 

यो सूचीमा म्यानचेस्टर सिटीबाट केभिन डी ब्रुइन, रुबिन डायस, अर्जेन्टाइन विश्वकप विजेता जुलियन अल्भारेज, बर्नार्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डिओल परेका छन्। सिटीलाई तेहेरो उपाधि जिताएर बार्सिलोना सरुवा भएका इलिक्के गुन्डोगन पनि उक्त सूचीमा छन्। 

यो सूचीमा इङ्ल्यान्डका कप्तान एवम् वायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन, रियल मड्रिडकाभ जुड बेलिङ्घम र आर्सनलका बुकायो साका पनि छन्। 

को को परे? 
केभिन डी ब्रुइन : म्यानचेस्टर सिटी 
जोस्को ग्वार्डिओल : म्यानचेस्टर सिटी
बर्नार्डो सिल्भा : म्यानचेस्टर सिटी
रुबेन डायस : म्यानचेस्टर सिटी
रोड्री : म्यानचेस्टर सिटी 
इर्लिङ हालान्ड : म्यानचेस्टर सिटी
जुलियन अल्भारेज : म्यानचेस्टर सिटी
भिनिसियस जुनियर : रियल मड्रिड
जुड बेलिङघम : रियल मड्रिड
लुका मोड्रिक : रियल मड्रिड
किम मिन जे : बार्यन म्युनिख
ह्यारी केन : बायर्न म्युनिख
जमाल मुसियाला : बायर्न म्युनिख
बुकायो साका : आर्सनल
मार्टिन ओडेगार्ड : आर्सनल 
रोबर्ट लेवान्डोस्की  : बार्सिलोना
इलके गुन्डोगन : बार्सिलोना
आन्द्रे ओनाना : म्यानचेस्टर युनाइटेड
एमिलियानो मार्टिनेज : एस्टन भिल्ला
करिम बेन्जिमा : अल इत्तिहाद
मोहमद सलाह : लिभरपुल
रेन्डल कोलो मुआनी : पीएसजी
ख्विचा क्वारत्सखेलिया : नापोली
निकोलो बरेला : इन्टर मिलान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .