सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले सुखद सुरुवात गरेको छ।
कप्तान लियोनल मेस्सीको उत्कृष्ट फ्री किक गोलबाट इक्वाडोरविरुद्ध जित दर्ता गर्दै अर्जेन्टिनाले आगामी विश्वकप छनोटमा सुखद सुरुवात गरेको हो।
शुक्रबार बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर खेलको ७८ औँ मिनेटमा मेस्सीले इक्वाडोरको डी बक्सबाहिर पाएको फ्री किकलाई सुन्दर गोलमा परिणत गरे।
मेस्सीको गोलमा जित निकालेसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकी समूहमा ३ अंक पाएको छ। शुक्रबार बिहानै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई हराएको छ।
उता पाराग्वे र पेरुबीको खेल गोलरहित बराबरीमा सकिएको छ। अन्य छनोट खेल शनिबार हुनेछन्।
126
Shares
प्रतिक्रिया