पाकिस्तानी बलर शाहीन शाह अफ्रिदीले भारतीय बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
केही दिनअघि मात्र पिता बनेका जसप्रितलाई आइतबार शाहिन अफ्रिदीले उपहार दिएका हुन्।
यसको भिडिओ पाकिस्तानी खेलाडीले एक्स (पहिले ट्विटर) मा सेयर गरेका छन्, जसमा उनले बुमराहलाई छोराका लागि उपहार दिएर बधाई दिइरहेका छन्।
आइतबार भारत र पाकिस्तानबीचको सुपर ४ खेल वर्षाका कारण रद्द भएपछि खेलाडी मैदानबाट फर्किंदै गर्दा उपहार दिइएको हो।
हेर्नुहोस् भिडिओ–
— Shaheen Shah Afridi (@iShaheenAfridi) September 10, 2023Love and peace. Congratulations @Jaspritbumrah93 and family on the birth of your child. Prayers for the entire family. We battle on the field. Off the field we are just your regular humans. pic.twitter.com/SyHtK7wfvA
132
Shares

प्रतिक्रिया