खेल


दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारसँग पराजित भयो नेपाल

दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारसँग पराजित भयो नेपाल

नेपालखबर
भदौ २५, २०८० सोमबार १८:२३, काठमाडौँ

म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ।

पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा भने १-० गोलअन्तरले पराजित भएको हो। 

म्यानमारलाई जिताउने क्रममा खेलको ८६ औँ मिनेटमा विन नानिङ टनले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित सकिएको अवस्थामा म्यानमारले दोस्रो हाफमा नेपाललाई स्तब्ध बनाएको हो। 

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोल रहित बराबरी खेलेको थियो। अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट बिमुख बनेको थियो। 

राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जनलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध थियो।

तर उनी त्यो अवसरबाट चुकेका छन्। उनले म्यानमारविरुद्ध कम्तीमा एक गोल गरेको भए अन्जनले नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने थिए। 

नेपाल विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल्न म्यानमार गएको हो। फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारी मानेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .