खेल


नेपाल र लाओस उस्तै टोली हुन्, हामी जित्नेगरी खेल्छौं : उपकप्तान चन्द

नेपाल र लाओस उस्तै टोली हुन्, हामी जित्नेगरी खेल्छौं : उपकप्तान चन्द

नेपालखबर
असोज २३, २०८० मंगलबार २०:३८, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्द ठकुरीले नेपाल र लाओस एकै स्तरको टोली भएकाले आफूहरू जित्नकै लागि खेल्ने बताएका छन्। 

फिफा विश्वकप २०२६ एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पर्सि बिहीबार घरेलु मैदानमा लाओस्को सामना गर्दैछ। 

खेलअघि उपकप्तान रोहितले भने, खेलका लागि तयारी राम्रो भइरहेको छ, नयाँ खेलाडीहरूमा जोश छ।’

टोलीका अनुभवी खेलाडी रोहितले नयाँ खेलाडीलाई आफ्नो अनुभव सिकाउने बताए। 

लाओससँगको खेलका लागि नेपाली टोली यतिबेला प्रशिक्षणमा व्यस्त छ। टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन्।

प्रशिक्षक एनेसेले आफुहरु लओससँग खेल्नका लागि सबै किसीमले तयार रहेको बताउँदै विश्वकप छनोटका लागि तयारी राम्रो भैरहेको बताए। 

विश्वकप छनोटका लागि व्यवसायिक लिगका लागि भारतमा रहेका कप्तान किरण चेम्जोङ र इन्डोनेसियामा रहेका उपकप्तान रोहित चन्द टोलीमा फर्किसकेका छन्। 

फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन्। 

नेपालले बिहिबार दशरथ रंगशालामा छनोटको पहिलो खेलमा लाओससँग खेल्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

नेपाल र लाओसबीचको खेलका लागि साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटतर्फ पाँच सय रुपैयाँ टिकट तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .