खेल


राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले गरे १३ गोलको कीर्तिमान बराबर

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले गरे १३ गोलको कीर्तिमान बराबर

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज २५, २०८० बिहिबार १८:५८, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले १३ गोलको कीर्तिमान बराबर गरेका छन्। 

फिफा विश्वकप २०२६ एसिया क्षेत्र छनोट अन्तर्गत लाओससँगको खेलमा अञ्जनले खेलको ४९ औं मिनेटमा गोल गर्दै १३ गोलको आंकडा पूरा गरेका हुन्। 

गोलसँगै अञ्जनले राष्ट्रिय टोलीका लागि १३ गोलको कीर्तिमान बराबर गरे। यसअघि राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र निराजन रायमाझीले १३ गोल गरेका थिए। 

अञ्जनले अब एक गोल गरे राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .